बंगलादेशमा मोदीको भ्रमणपछि चर्कियो हिंसा

एजेन्सी    

बंगलादेशमा मोदीको भ्रमणपछि चर्कियो हिंसा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गरेलगत्तै प्रहरी र इस्लामिस्ट प्रदर्शनकारीहरूबीच लगातार तेस्रो दिन आइतवार झडप भएको छ । आजको झडपमा परी १२ भन्दा बढी मानिस घाइते भएका छन् । 

शुक्रवारको झडपमा पाँचजनाको ज्यान गएको थियो भने शनिवार ६ जना मारिएका थिए । विभिन्न जिल्लामा भएका प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो । 

विरोधकर्ताहरू कट्टरपन्थी इस्लामिस्ट समूह हेफाजत–ए–इस्लामका मानिस हुन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्षको अवसरमा मोदी भ्रमणमा आउँदा उनीहरू रिसाएका हुन् । मोदीले आफ्नो देशमा मुसलमानहरूविरुद्ध ​साम्प्रदायिक हिंसा मच्चाएको आरोप उनीहरूले लगाएका छन् ।

राजधानी ढाका बाहिरको नारायणगञ्जमा हेफाजतका समर्थकहरूले ‘कारवाही, कारवाही, सीधा कारवाही’ नारा लगाउँदै ढाका र चित्तगोङ जोड्ने राजमार्ग अवरुद्ध गरेका थिए । 

सयौं प्रदर्शनकारीले सडकमा फर्निचर र टायर डढाउँदै मोदीविरोधी नारा लगाएका थिए अनि प्रदर्शनकारीमाथि गोली चलाइएको विषयमा अनुसन्धानको माग राखेका थिए । 

प्रदर्शनकारीहरूले राजमार्गका विभिन्न स्थानमा अवरोध गरेपछि प्रहरीले अश्रूग्यास र रबरका गोली चलाएका थिए । 



आइतबार १५, चैत २०७७ ०३:३४ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस