धनगढीमा अन्तराष्ट्रिय पाठ्यक्रम सहितको विद्यालय सञ्चालमा आउदै

धनगढीमा अन्तराष्ट्रिय पाठ्यक्रम सहितको विद्यालय सञ्चालमा आउदै

धनगढी | कैलालीको धनगढीमा अन्तराष्ट्रिय पाठ्यक्रम सहितको विद्यालय सञ्चालमा आउने भएको छ । आगामी शैक्षिक सत्र बैशाख देखि धनगढी उपमहानगरपालिका–५ तारानगरमा विद्यालय सञ्चालका लागि भौतिक पूर्वाधार तयारी पारिएको छ ।

दक्ष इन्टरनेशनल नाम दिएको विद्यालय धनगढीका ५ जना युवाहरुले डेढ केरोड लगानी गरेका छन् । विद्यालयमा पीजि देखि कक्षा एक सम्म अध्ययन हुने छ । धनगढी युवा निर्मल सिंह, बिक्रम सिंह, किशोर थापा, गौरव शाह र आशिष ऐरको संयुक्त लगानी रहेको छ ।

खेल मैदान सहित ५ कठ्ठा जमिनमा पूर्वाधार तयार पारिएको छ । ‘प्रयोगात्मक र सीपमुलक शैक्षिक वातावरण निर्माण्का लागि पाठ्यक्रम र सिकाईको पद्धती दुवै कुरामा जोड दिएको छ’, सञ्चालक निर्मल सिंहले भने ।

‘भाषा, सञ्चार शारिरीक विकास, व्यक्तिगत, सामाजिक र भावनात्मक विकास अहिलेको पाठ्यक्रम प्रि–पराईमरी लेभलमा लागू हुने छ ।’

बालबालिकाहरुलाई मनोविज्ञान बुझेर अघि बढ्ने आफ्नो लक्ष्य रहेको सञ्चालक सिंहले जानकारी दिएका छन् । सिंहले आफ्नै देशमा केहि गरौँ भन्ने उदेश्यका साथ शिक्षामा लगानी लगाएको बताए ।

विद्यालयमा स्थानीय शिक्षा नियामावली अनुसार भित्र रहेर नै सम्पूर्ण पूर्वाधार निर्माण गरिएको सञ्चालक समितिले जनाएको छ । विद्यालयमा जंङग फुड पदार्थ समेत निषेध गरिएको छ ।