खैरो हेरोइनसहित कैलालीका दुई जना पक्राउ

खैरो हेरोइनसहित कैलालीका दुई जना पक्राउ

कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको  छ ।

प्रहरीले लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट गौरीगंगा नगरपालिका–८ का २६ वर्षीय ईश्वर पौडेल र लम्कीचुहा नगरपालिका–४ कौवापुरका २८ वर्षीय दीपक सुनारलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरुका साथबाट पाँच ग्राम १८० मिलीग्राम खैरो हेरोइन र ६२ हजार ११५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिए ।