भारतमा २४ घण्टामा ६८ हजार बढीमा काेराेना सङ्क्रमण, २९५ जनाको ज्यान गयाे

भारतमा २४ घण्टामा ६८ हजार बढीमा काेराेना सङ्क्रमण, २९५ जनाको ज्यान गयाे

भारतमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ ।

भारतमा ५  लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।

मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताउनु भएको छ । त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ । यस्तै, केरला, पन्जाब, महाराष्ट्र, गुजरात लगायतका राज्यमा पनि सुरक्षा सावधानीमा कडाइ गरिएको छ ।