बंगलादेशविरुद्ध नेपालले गोल गर्दा प्रधानमन्त्री उत्साहित

बंगलादेशविरुद्ध नेपालले गोल गर्दा प्रधानमन्त्री उत्साहित

त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गर्दा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित बनेका छन् ।

खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेपछि दशरथ रंगशालाको विशिष्ट कक्षमा बसेर खेल हेरिरहेका प्रधानमन्त्री ओली आसनबाटै उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरिरहे ।

डी एरियामा पाएको बललाई राईले गोलमा परिणत गरेपछि प्रधानमन्त्री ओलीसँगै नेपाली दर्शक निकै हर्षित देखिए ।उनीहरुले नेपाली खेलाडीहरुलाई हुटिङमार्फत थप उर्जा दिइरहेका छन् ।

नेपाली खेलाडीमा गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी छन् ।

त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल रहेका छन् भने फर्वार्डमा अन्जन विष्ट छन् ।