डोटीमा शिक्षकलाई तलव खुवाउन होली खेलेर ६ लाख भन्दा बढी रकम संकलन

डोटीमा शिक्षकलाई तलव खुवाउन होली खेलेर ६ लाख भन्दा बढी रकम संकलन

डोटी । डोटीमा होली खेलेर ६ लाख भन्दा बढी रकम संकलन गरिएको छ । जिल्लाको शिखर नगरपालिका ११ मा रहेको भगवती आधार विद्यालयले आयोजना गरेको होलीमा  १ सय ५० घरधुरीबाट जम्मा ६ लाख ६१ हजार ७ सय ८६ रुपैयाँ सङ्कलन भएको छ ।

३ दिन सम्म चलेको उक्त होलीमा भगवती आधारभूत विद्यालयका विद्यार्थी र मल्लिसातका स्थानीय गरी ७ सय जनाको  सहभागीतामा होली खेलिएको  भगवती आधारभूत विद्यालयका प्रध्यानाध्यापक  दिपक बोहराले बताए । विद्यालयको आयोजनमा मनाउँदै आएको होली यो वर्ष भने अरू वर्ष भन्दा फरक तरिकाले मनाएको  उनको भनाई छ ।

सधैँका वर्ष आयोजन गर्ने उक्त होली बाट उठेको रकम निजी स्रोतमा राखिएका शिक्षहरुलाई दिइने गरेको छ । भगवती आधारभूत विद्यालय नर्सरी देखी आठ सम्म रहेको छ ।