एमाले सुदूरपश्चिम प्रदेशको सह–इञ्चार्जमा ठगुन्ना र रानालाई जिम्मेवारी

एमाले सुदूरपश्चिम प्रदेशको सह–इञ्चार्जमा ठगुन्ना र रानालाई जिम्मेवारी

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रादेशिक कमिटीको सह–इञ्चार्जमा गणेश ठगुन्ना र नारदमुनी रानालाई जिम्मेवारी दिइएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओली समूहका ठगुन्ना र रानालाई सह–इञ्चार्जको जिम्मेवारी दिएको हो । कमिटीको इञ्चार्जमा लेखराज भट्ट र अध्यक्षमा कर्ण थापालाई भने यसअघि नै जिम्मेवारी दिइएको थियो ।

यस्तै सचिवको जिम्मेवारी राजेन्द्रसिंह रावललाई दिइएको छ । प्रदेश कमिटीको जिम्मेवारी पाएका सबै ओली समूहका नेता हुन् । 

h