लामखुट्टे आएर हैरान हुनुहुन्छ ? यस्ता छन् भगाउने घरेलु उपायहरु !

लामखुट्टे आएर हैरान हुनुहुन्छ ? यस्ता छन् भगाउने घरेलु उपायहरु !

दैनिकरुपमा गर्मी बढ्दो क्रममा रहेको छ । गर्मी मौसम लागेसँगै लामखुट्टे पनि बढी मात्रामा देखा पर्दछ । लामखट्टेको टोकाइबाट विभिन्न प्रकारका सरुवा रोगहरु लाग्ने फैलिनुका साथै अन्य विभिन्न खतरा पनि हुन सक्छ ।

हामीले लामखुट्टेबाट छुटकारा पाउनको लागि बजारमा पाइने धुप तथा लिक्विडको प्रयोग गर्ने गर्दछौं । त्यसले लामखुट्टे त भाग्छ नै तर, बजारमा पाइने यस्ता सामानहरुमा विभिन्न किसिमका केमिकल मिसाएको हुन्छ । त्यसैले यो सामान प्रयोग गर्दा लामखट्टे भागे पनि यसले मानव स्वास्थ्यका लागि यो हानिकारक हुन्छ ।

तसर्थ लामखट्टे भगाउनका लागि केही घरेलु उपायको प्रयोग गर्नुस्र जसले लामखुट्टेबाट छुटकारा पाउनका साथै स्वास्थ रहन सकिन्छ । 

तुलसी- तुलसीको बास्ना लामखुट्टेलाई मन नपर्ने हुनाले तुलसीलाई घरआगनमा रोप्ने । जसले गर्दा लामखुट्टे घरबाट टाढै रहन्छ । 

कागती ल्वाङ- कागतीलाई काटेर त्यसको बिचमा ल्वाङ राख्ने र घरको वरीपरी राख्ने । यसो गर्दा लामखुट्टे भाग्छ । 

लसुन- लसुनको बास्ना लामखुट्टेलाई मन पर्दैन तसर्थ लसुनलाई टुक्रा बनाएर घरको वरीपरी राख्ने । यसका साथै खानामा बढी प्रयोग गर्दा पनि लसुन खाएको मानिसबाट पनि टाढा हुन्छ । 

नीम- नीमको पेस्ट बनाएर छालामा दल्नाले पनि लामखुट्टे शरीरको वरपर आउँदैन ।

कपुर पानी- दुई टुक्रा कपुर एक कप पानीमा हाल्ने र घरवरपर छर्किने गर्नाले पनि लामखुट्टे भाग्दछ ।