त्रिदेशीय उपाधि विजेता राष्ट्रिय टोलीका खेलाडीहरूले जनही एक लाख पाउने

त्रिदेशीय उपाधि विजेता राष्ट्रिय टोलीका खेलाडीहरूले जनही एक लाख पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय अन्तर्राष्ट्रिय कप विजेता नेपाली राष्ट्रिय टोलीका सदस्यहरूलाई जनही एक-एक लाख दिने घोषणा गरेको छ।

प्रतियोगिताको पुरस्कार राशि विजेतालाई पाँच हजार र उपविजेतालाई तीन हजार अमेरिकी डलर रहेको थियो।

नेपाल, बङ्गलादेश र कीर्गिस्तानको ओलम्पिक टिम सहभागी रहेको त्रिदेशीय कपको फाइनलमा नेपालले बङ्गलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो।