लेखराज भट्टलाई आफ्नै निर्वाचन क्षेत्रका युवाहरुको चुनौती : हामी संग चुनाब लड्नुस्

लेखराज भट्टलाई आफ्नै निर्वाचन क्षेत्रका युवाहरुको चुनौती : हामी संग चुनाब लड्नुस्

अत्तरियामा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध नाराबाजि गरिएको छ । एमालेकै कार्यकताले पार्टीमा एकलौटी रुपमा निर्णय लिइरहेको भन्दै ओली विरुद्ध नाराबाजी गरेका हुन ।

उनीहरुले ‘केपी ओली मुर्दावाद’, ‘लेख राज भट्ट मुर्दावाद’, ‘माधव नेपाल जिन्दाबाद’, ‘भीम रावल जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरा स्ववियु) को नेतृत्वमा भएको बिरोध कार्यक्रममा राके जुलुस सहित अत्तरिया चोकमा -याली समेत निकालिएको थियो ।

-याली पछि आयोजित कोष सभालाई सम्बोधन गर्दै अनेरा स्ववियुका केन्द्रिय सचिव भिष्म सुवेदीले केपी ओलीले असंबैधानीक रुपमा नेताहरुलाई कारवाही गरेकाले त्यसको बिरुद्धमा आफूहरु सडकमा उत्रिएको बताए ।

लेखराज भट्ट पदको लोभमा लागेर एमालेमा प्रवेश गरेको बताए । ‘४० बर्षको प्रचण्डको संगत छोड्न लेखराज भटट्लाई समय लागेन किनकी उनलाई मन्त्रीको कुर्सि प्यारो थियो’ उनले भने । आगामी दिनमा अत्तरिया क्षेत्रमा लेखराज भट्टले चुनाव जित्न नसक्ने उनले बताए ।

सोमबार पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ओलीले बरिष्ट नेता माधव नेपाल र भिम रावललाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेका थिए ।