नरेन्द्र मोदीलाई इमरान खानको कडा जवाफ

नरेन्द्र मोदीलाई इमरान खानको कडा जवाफ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको औपचारिक बधाई सन्देशको जवाफमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मु–कस्मिरको प्रसंग उठाएका छन्।

जवाफी पत्रमा प्रधानमन्त्री खानले जबसम्म जम्मु–कस्मिरको समस्या समाधान हुँदैन तबसम्म दक्षिण एसियामै शान्ति स्थापना सम्भव नहुने चेतावनी दिएका छन्।

गत हप्ता पाकिस्तानको स्वतन्त्र दिवसका उपलक्ष्यमा भारतका प्रधानमन्त्री मोदीले इमरान खानलाई चिठी लेखेर बधाई र शुभकामना सन्देश पठाएका थिए।

जसमा उनले लेखेका छन्, ‘एक छिमेकी देशका रूपमा भारत पाकिस्तानका जनतासँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहन्छ। यसका लागि विश्वास र आतंकवादबाट मुक्त वातावरण महत्त्वपूर्ण छ।’

जसको जवाफ खानले सोमबार पठाएका हुन्।

मोदीलाई सम्बोधन गर्दै खानले लेखेका छन्, ‘पाकिस्तानको दिवसमा शुभकामना दिनुभएकोमा धन्यवाद। पाकिस्तानका जनताले यो दिन राष्ट्र निर्माताको बुद्धिमत्ता र दूरदृष्टिको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेर मनाउँछन्, जसले् स्वतन्त्रता र सम्प्रभुताको सपना देखेका थिए। जहाँ जनताले पूर्ण स्वतन्त्रताका साथ बाँच्न पाउँछन्, आफ्नो क्षमताको अनुभूति गर्न सक्छन्।’

नरेन्द्र मोदीलाई इमरान खानको पठाएको पत्र :

imranpatra