वैज्ञानिकको चेतावनी : बच्चालाई गम्भीर बिरामी पार्ने कोरोना विकास हुनेवाला छ !

वैज्ञानिकको चेतावनी : बच्चालाई गम्भीर बिरामी पार्ने कोरोना विकास हुनेवाला छ !

अहिले नेपालसहित विश्वका विभिन्न देशमा कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ। तर खोप बच्चाका लागि विकास भइसकेको छैन।

यसैबीच अमेरिकाका वैज्ञानिकले कोरोनाविरुद्धको लडाइँ जित्ने हो भने बच्चालाई पनि खोप लगाउन एकदमै जरुरी रहेको बताएका छन्।

उनीहरूले चेतावनी दिँदै दाबी गरेका छन्, ‘अन्यथा चाँडै कोरोना भाइरसको यस्तो नयाँ रूप (भेरिएन्ट) देखापर्नेछ, जसले बच्चालाई गम्भीर बिरामी पार्नेछ।’

अमेरिकास्थित ब्रिघम एन्ड वुमन्स हस्पिटलको डिपार्टमेन्ट अफ इमरजेन्सीका डाक्टर जेरेमी स्यामुअल फस्ट र जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरको सेन्टर फर ग्लोबल हेल्थ साइन्सका भाइरोलजिस्ट डाक्टर एन्जेला रासमुसेनका अनुसार हाल कोरोनाले बच्चालाई गम्भीर बिरामी पारेको घटना निकै कम देखिए पनि प्रमुख दुई कारणले उनीहरूलाई चाँडोभन्दा चाँडो खोप लगाउन जरुरी छ।

पहिलो कारण– बच्चामा कोरोनाको दीर्घकालीन असर (जस्तो : इन्फ्लेमेटरी सिन्ड्रोम) को घटना पनि देखिएको छ, जो निकै गम्भीर छ। भलै यसको संख्या अहिले कम छ।

दोस्रो कारण हो– कोरोनाले पार्ने थुप्रै प्रभावबारे अझै स्पष्ट भइसकेको छैन। बच्चालाई कोरोना संक्रमण हुँदा लक्षण नदेखिने भएकाले पनि अभिभावकले थाहा पाउँदैनन्। यो निकै महत्त्वपूर्ण छ, तर यसप्रति ध्यान कम छ।वास्तवमा कोरोना भाइरस रूप बदली बदली फैली नै रहनेछ, जसमध्ये एक न एक बच्चाका लागि खतरनाक हुनेछ।