नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ संक्रमित निको

नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

कूल ३ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा बुधवार १६२ जनामा कोरोना पुष्टि भएको हो । कूल संक्रमितमध्ये २ लाख ७२ हजार ७८६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५९ संक्रमित निको भएका छन् । कोरोना निको हुने दर ९८.४% रहेको छ ।

बुधवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको मन्त्रालयले जनाएको छ । कोरोनाले बुधवार थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको मन्त्रालयले जनाएको छ ।