कोरोना बढेपछि सरकारले भन्यो : सबै प्रदेश र स्थानीय तहले एन्टिजन परीक्षण बढाउनू

कोरोना बढेपछि सरकारले भन्यो : सबै प्रदेश र स्थानीय तहले एन्टिजन परीक्षण बढाउनू

सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपछि सबै प्रदेश र स्थानीय तहलाई एन्टिजन परीक्षणको दायरा बढाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संघ तथा प्रादेशिक अस्पतालमा समेत उपचार व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

उनले निजी तथा सरकारी सबै प्रयोगशालामा दक्ष जनशक्तिको आवश्यकताका लागि खर्चको पनि सरकारले व्यवस्थापन गर्ने बताए। उनले काठमाडौंमा भएका नागरिकले पनि बेलाबेला कोरोना परीक्षण गर्न आग्रह गरे।

उनका अनुसार पहिलो चरणमा पाँच प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएका छन्। त्यस्तै, प्रवक्ता गौतमले सभा सम्मेलन रोक्न सबै जिल्लाका सिडियोहरूलाई आग्रह गरे।