सुदूरपश्चिमा बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमा बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिममा बुधबार थप १० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४९ नमुनाहरुमध्ये थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका ५ जनामा कोरोना पुष्टि भएको हो । उनले धनगढी उपमहानगरपालिकाका ३ जना, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको जानकारी दिए।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाका १/१ जना, डोटीको पूर्वचौकी गाउँपालिकाका १ जना, अछामको मंगलसेनका १ जना र सुर्खेतका एक जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।