सर्वोच्चको आदेशपछि आयोगले निकाल्यो मुद्दा हाल्ने १५ विद्यार्थीको नयाँ योग्यताक्रम

सर्वोच्चको आदेशपछि आयोगले निकाल्यो मुद्दा हाल्ने १५ विद्यार्थीको नयाँ योग्यताक्रम

काठमाडौं | चिकित्सा शिक्षा आयोगले सर्वोच्चमा रिट निवदेन दिएका चिकित्सा शिक्षाको स्नातकोत्तर तहका एमडी, एमएस तथा एमडीएसका विद्यार्थीहरुको नयाँ योग्यताक्रम प्रकाशित गरेको छ। नयाँ योग्यताक्रम अनुसार उनीहरुका लागि खुल्ला तर्फको रिक्त सिटहरुमा प्राथमिकता निर्धारण गर्ने निर्णय पनि आयोगले गरेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै  सर्वोच्चको अन्तरिम आदेश अनुसार १५ जना विद्यार्थीको नयाँ योग्यताक्रम प्रकाशित गरेको हो। यसरी योग्यताक्रम सार्वजनिक गर्ने क्रममा आयोगले ती विद्यार्थीहरुको दुर्गम क्षेत्रबापतको अंक घटाई राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम १६ र अनुसूची ५ अनुसार अनुभव र दुर्गम क्षेत्रमा सेवा गरे वापत मात्रको अंक प्रदान गरि नयाँ योग्यताक्रम निकालेको हो।

आयोगले सर्वोच्चमा निवेदन दिएका १५ जना विद्यार्थीहरुको पुन म्याचिङ गर्नका लागि चैत १९ देखि २१ गतेसम्मममा  प्राथमिकता निर्धारण गर्न भनेको छ ।

आयोगले सो समयभित्रमा प्राथमिकता निर्धारण नगर्ने उम्मेदवारहरुलाई म्याचिङमा स्वात: समावेश नगरिने पनि जनाएको छ।