कञ्चनपुरका ३ फरक-फरक ठाउँमा आगलागी, लाखौँको सरसामान जलेर नष्ट

कञ्चनपुरका ३ फरक-फरक ठाउँमा आगलागी, लाखौँको सरसामान जलेर नष्ट

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका स्थानीय रम्जन सल्मानीको खरले छाएको ४ कोठे कच्ची घरमा आगलागी हुँदा उनको युपी ३१ एन ८८९० नम्बरको मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आगलागीबाट कच्ची घर र मोटरसाइकल जलेर नष्ट भएपनि अन्य मानवीय तथा पशु चौपाया क्षति नभएको जानकारी दिए। 

यस्तै, जिल्लाको शुक्लाफाँटा नगरपालिका– १ को बनशाहमा आगलागीबाट झण्नै डेढ लाखको क्षति भएको छ। स्थानीय गणेश बिष्टको गाइ गोठमा आगलागी हुँदा त्यहाँ राखिएको काठ र पराल जलेर १ लाख २० हजारको क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। 

यस्तै, भीमदत्त नगरपालिका–१३ पिपरीयामा स्थानीय जनक थापाको टायलले छाएको कच्ची गोठमा पनि आगलागी भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनकाअनुसार आगलागीबाट गोठमा राखिएको भुसा र काठ जल्दा करिब ५ हजार बराबरको क्षति भएको छ।