परिचय खुल्यो: को हुन ? धनगढीको होटलमा मृत भेटिएका व्यक्ति !

परिचय खुल्यो: को हुन ? धनगढीको होटलमा मृत भेटिएका व्यक्ति !

धनगढी । धनगढीको सनराइज होटलमा मृत भेटिएका व्यक्तिको परिचय खुलेको छ। 

होटलको एउटा कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका उनी धनगढी उप-महानगरपालिका १७, धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी रहेको कैलाली प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार भण्डारी २ दिनदेखि सो होटलमा बस्दै आएका थिए। अहिले शव होटलमै रहेको छ ।  घटनाबारे अनुसन्धान भइरहेको निरीक्षक थापाले बताए ।