ऋतु कनोजियाको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

ऋतु कनोजियाको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताका लागी सुदूरपश्चिम प्रदेशले १४ सदस्य टोली घोषणा गरेको छ ।

सुदूरपश्चिमले नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान ऋतु कनोजियाको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरेको हो । सुदूरपश्चिमल प्रधानमन्त्री कपको टोलिलाई निरन्तरता दिएपनी कप्तान भने परिवर्तन गरेको छ ।  ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिता चैत २१ देखि २८ सम्म टियु मैदानमा हुँदै छ ।

प्रतियोगितामा यसै बर्षको पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा सेमिफाइनलमा पुगेका ४ टालीहरु प्रदेश १, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश, सुदूरपश्चिम र एक टोली ललितपुर मेयर–११ गरि पाँच टोलीले सहभागिता जनाउने छन् ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेल चैत २१ मा ललितपुरसँग खेल्ने छ । दोस्रो खेल चैत २२ मा एपिएफसँग खेल्ने छ ।

सुदूरपश्चिमको टोली :

ऋतु कनोजिया (कप्तान), रुवि पोदार (उप-कप्तान), कविता जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी, (विकेटकिपर), सुनिता लोहार, दिव्या कार्की, सम्झना खड्का, दीपा जोरा, लक्ष्मी साउँद र स्नेहा महरा ।

टिम ब्यवस्थापक तथा प्रशिक्षक – दीपेन्द्र बहादुर चन्द,  सहायक प्रशिक्षक – जानकी भट्ट