नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिए, १ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित थपिए, १ को मृत्यु

नेपालमा कोरोनाभाइरसका १५२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २१३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १५२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७२ हजार ८५१ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ । हाल निको हुने दर ९८.३ प्रतिशत छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको कोरोनाले गर्दा मृत्युको पुष्टि भएको छ ।

हालसम्म तीन हजार ३१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।हाल एक हजार ५७९ जना आइसोलेशनमा र ६३ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५४० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।