सुदूरपश्चिममा बिहिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा बिहिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा ३० नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सेतीको प्रयोगशालामा १९ नमूना परीक्षण गर्दा २ जनामा र डोटी अस्पतालमा ७ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ। यस्तै महाकाली अस्पतालमा ४ नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।