पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ् पर्ने सम्भावना

पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ् पर्ने सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रवार देशका पहाडी भूभागमा आंशिकदेखिसामान्य बदली हुने जनाएको छ । यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताए ।

देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। अहिले विहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ।