घरमा बालेको आगो गोठमा सल्किदा आगलागी

घरमा बालेको आगो गोठमा सल्किदा आगलागी

धनगढी । धनगढीमा आगलागी भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का स्थानीय भजन रानाको घरमा बालेको आगो गोठमा सल्किदा आगलागी  भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बिहीबार साँझ भएको आगलागीबाट रानाको गोठमा रहेको भुसा, पराल र काठ समेत जलेर नष्ट भएको बताए। उनकाअनुसार स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएका कारण धेरै क्षति हुन नपाएको हो।