भारतमा कोरोना संक्रमित बढ्दै, एकै दिन ८१ हजारमा संक्रमण पुष्टि

भारतमा कोरोना संक्रमित बढ्दै, एकै दिन ८१ हजारमा संक्रमण पुष्टि

भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । गत २४ घण्टामा मात्र ८१ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६ सय ९६ पुगेको छ। गत २४ घण्टामै ४ सय ६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ७२ हजार १९ जनामा कोरोना संक्रमित भेटिएका थिए भने ४ सय ५७ जनाको मृत्यु भएको थियो। 

भारतमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म १ करोड १५ लाख २५ हजार ३९ जना संक्रमित निको भइसकेका छन्। अहिलेसम्म ६ करोड, ८७ लाख ८९ हजार १ सय ३८ जनाले खोप लगाइसकेका छन्।