सुदूरपश्चिममा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा थप १२ जनामा कोरोना  पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा  ४४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार  धनगढी उपमहानगरपालिका ३ का दुई जना, धनगढी ५ का १ जना अछामको मंगलसेन २ का एक जना, पञ्चदेवल बिनायक ३ अछामका एक जना,कैलालीको गोदावरी ५,१० का एक-एक जना , कैलालीको घोडाघोडी ८ का एक जनामा कोरोना पुष्टि भएको जनाएको छ ।  

यस्तै डोटीको शिखरनगरपालिकाका एक जना,दिपायल सिलगडी नगरपालिकाका एक जना कञ्चनपुरको पुनर्वास नगरपालिका १ कञ्चनपुरका एक जनामा र डडेल्धुराको भागेश्वर गाँउपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।   अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियू , १ जना भेन्टीलेटर र २ जनालाई आइशोलेसनमा राखिएको जनाएको छ ।