नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जना कोरोना थपिए, १११ कोरोनामुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जना कोरोना थपिए, १११ कोरोनामुक्त

नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९६२ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । दैनिक रुपमा कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुँदा सक्रिय सङ्क्रमितको संख्यामा समेत वृद्धि भएको छ । गत् साताको अपेक्षा सक्रिय सङ्क्रमितको संख्या करिब दोब्बर भएको छ ।

हाल एक हजार ६४७ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले कोभिड १९ को पहिलो परीक्षणदेखि हालसम्म २२ लाख ७९ हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।