त्रिदेशीय कप विजेता खेलाडीहरूलाई जनही चार लाख दिने मन्त्रिपरिषद्को निर्णय

त्रिदेशीय कप विजेता खेलाडीहरूलाई जनही चार लाख दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही चार लाख पुरस्कार दिने घोषणा गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

यसअघि एन्फाले प्रतियोगिताको विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक-एक लाख दिने घोषणा गरिसकेको छ।

नेपाल, कीर्गिस्तान र बंगलादेश सहभागी रहेको उक्त कपमा नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि उचालेको थियो।