कञ्चनपुरमा मानव बेचविखन तथा ओसारपसार रोक्न समिति गठन

कञ्चनपुरमा मानव बेचविखन तथा ओसारपसार रोक्न समिति गठन

कञ्चनपुर । खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचविखन तथा ओसार पसार तथा नियन्त्रण  गर्नका लागि समिति गठन गरिएको छ। मानव बेचविखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लाल बहादुर बमं, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन्।

‘नेपाल भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचविखनको उच्च जोखिम छ’ नगर प्रमुख सुनारले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि नव गठित समितले सघाउ पुर्‍याउने छ।’  मानव बेचविखन नियन्त्रणको कार्यसँगै जनचेतनाको कार्यलाई समेत सँगसँगै लैजानुपर्ने उनको भनाइ छ।

अवैध बाटोको प्रयोग गरी चेलिवेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडि बढाउँदै आएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन्।

रोजगारी, विवाहलगायतको प्रलोभनमा पारेर  भारततर्फ लग्दै आएका महिलाहरुको सीमा क्षेत्रमा रोकथामको कार्यसँगै परिवारसँग पुनः मिलन गराउने कार्यसमेत गराउँदै आएको उनको भनाइ छ।