सुदूरपश्चिममै पहिलोपटक निसर्ग अस्पतालमा फियोको गम्भिर चोटको उपचार

सुदूरपश्चिममै पहिलोपटक निसर्ग अस्पतालमा फियोको गम्भिर चोटको उपचार

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ पिपरैयाका १८ वर्षीय आकाश विक चैत ११ गते घर नजिकैको मैदानमा स्कुटर सिकीरहेका थिए।

चल्दै गरेको स्कुटरबाट एक्कासी खसेका आकाशको छातीमा स्कुटरको ह्यान्डल लाग्यो। पिडाले छटपटाउदै उनी घरसम्म पुगे तर केही छिनपछि उठ्नै नसक्ने भएपछि परिवारका सदस्यले नजिकैको अस्पतालमा पुगाए। अस्पतालका डाक्टरले भित्रिचोट लागेको हुनसक्ने भन्दै धनगढी लग्न सुझाव दिए।

त्यसपछि उनलाई धनगढीको निसर्ग अस्पतालमा ल्याइयो। उनको अवस्था हेर्दा नाजुक थियो। त्यस्तो अवस्थामा बिरामीलाई बचाउन पेट चिरेर फियो निकाल्नुपर्ने र बगिरहेको रगतलाई नियन्त्रण गर्नुपर्ने थियो। तर ३ लिटर जति रगत बगिसकेको अवस्थामा निसर्ग अस्पतालको टिमले निकै मेहेनतका उनको शल्यक्रिया उपचार गर्न सफल भयो। 

उनको उपचार जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर मेराज आलम अन्सारी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, डाक्टर गोविन्द तिवारी, यादव जोशी, लक्ष्मी खत्री, कल्पना बुढा लगायतको टिमले गरेको थियो।अस्पताल प्रशासनले सुदूरपश्चिममै पहिलोपटक फियोको गम्भिर चोटको उपचार गरेको दाबी गरेको छ।