मेयर कप क्रिकेट : सुदूरपश्चिम प्रदेशद्धारा ललितपुर मेयर्स–११ सात विकेटले पराजित

मेयर कप क्रिकेट : सुदूरपश्चिम प्रदेशद्धारा ललितपुर मेयर्स–११ सात विकेटले पराजित

ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई सात विकेटले हराएको छ ।

ललितपुरले दिएको एक सय आठ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा मात्रै तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि मञ्जू बोगटीले ४१ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले कञ्चन श्रेष्ठको ६३ रन मद्दतमा एक सय सात रन बनाएको थियो ।

चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।