सुदूरपश्चिमका ३ जनामा नयाँ भेरियन्टको कोरोना पुष्टि

सुदूरपश्चिमका ३ जनामा नयाँ भेरियन्टको कोरोना पुष्टि

धनगढी । भारतबाट सुदूरपश्चिम भित्रिएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

उनले कञ्चनपुरका एकजना, डडेल्धुराका एकजना र डोटीका एकजना गरी तीन जनामा संक्रमण देखिएको जानकारी दिए ।

नाकाबाट स्वदेश भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उनीहरु होम आइशोलेसनमा रहेको बताईएको छ ।