आज कहाँ कस्तो रहन्छ मौसम ?

आज कहाँ कस्तो रहन्छ मौसम ?

पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम प्रभावित भएको हो। अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।