आगलागी : एक सय बढी घर जलेर नष्ट !

आगलागी : एक सय बढी घर जलेर नष्ट !

नेपालगञ्ज : बाँकेको खोदवा गाउँमा भएको आगलागीमा परेर १०० भन्दा बढी घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा शनिबार दिउँसो दुई बजेदेखि लागेको आगो राती दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमै रहेको प्रहरीले क्षतिको मुचुल्का उठाउने काम गरिरहेको छ । आगलागीबाट करोडौँ क्षति भएको अनुमान छ । यद्यपी अहिलेसम्म मानवीय क्षति भएको छैन् । विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।