प्रतिनिधिसभा सदस्यमा जानकीदेवी रामको शपथ

प्रतिनिधिसभा सदस्यमा जानकीदेवी रामको शपथ

एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित जानकी देवी रामले सपथ ग्रहण गरेकी छन् । सभामुख अग्नि सापकोटाले सिराहाकी रामलाई सांसद पदको सपथ दिलाएका हुन् ।

एमाले कोटाबाट सांसद बनेकी सानू सिवाको निधन भएपछि अध्यक्ष केपी शर्मा ओलीले समावेशी समूह (दलित) बाट जानकी देवी रामलाई सांसद बनाउने निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

सांसद पहाडीको गत असोज २८ गते निधन भएपछि रिक्त स्थानमा जानकी देवी राम निर्वाचित भएकी थिइन ।