सरकारी फौज र विद्रोही माओवादीबीच भीषण भिडन्त, २२ जवानको मृत्यु

सरकारी फौज र विद्रोही माओवादीबीच भीषण भिडन्त, २२ जवानको मृत्यु

भारतको नक्सल प्रभावित छत्तिसगढमा शनिबार सुरक्षाकर्मी र नक्सवादीबीच मुठभेड भएपछि २१ सुरक्षाकर्मी वेपत्ता भएका छन्।

उक्त मुठभेडमा ५ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए। वेपत्ता सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको जनाइएको छ।

भारतीय समाचार संस्था एएनआईले भने घटनास्थलबाट १४ जनाको शव बरामद भएको दाबी गरेको छ। उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन्।