अब्दुल्लाह बने नेपाली फुटबल टिमको प्रशिक्षक

धनगढी खबर    

अब्दुल्लाह बने नेपाली फुटबल टिमको प्रशिक्षक

नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

एन्फाका अनुसार अब्दुल्लाहलाई एक वर्षका लागि नियुक्त गरिएको छ । आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

यसअघि नेपालकै बालगोपाल महर्जन प्रशिक्षकको भूमिका थिए र उनले नेपाललाई थ्री नेसन्स कप दिलाएका थिए ।



आइतबार २२, चैत २०७७ ०२:४८ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस