त्रिकोणात्मक क्रिकेटका लागि बन्द प्रशिक्षणमा बोलाइयो यी २० खेलाडी

त्रिकोणात्मक क्रिकेटका लागि बन्द प्रशिक्षणमा बोलाइयो यी २० खेलाडी

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । आउँदो वैशाख ४ गतेदेखि काठमाडौंमा हुने क्रिकेट शृंखलाका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

क्यानले ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा, आरिफ शेख, आसिफ शेखलाई प्रशिक्षणमा बोलाएको छ ।

यस्तै, कुलश भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब अलाम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।बन्द प्रशिक्षण यही चैत २८ गतेदेखि हुने क्यानले जनाएको छ ।