नेपालमा पछिल्लो २४ घण्टा १७६ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टा १७६ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै सो कुरा बताउनुभएको हो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ ।

काठमाडौं उपत्यकामा ९९ सङ्क्रमित थपिएका छन् । काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् । हालसम्म दुई लाख ७३ हजार २४० जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।