मास्क प्रयोग गर्दा यी कुराहरूमा ध्यान दिनुहाेस् !

मास्क प्रयोग गर्दा यी कुराहरूमा ध्यान दिनुहाेस् !

विश्व माहामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९ ) को संक्रमण नेपालमा पनि दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । नेपालमा यसको खोप आएता पनि खोपले पूर्ण रुपमा काम गरेको छैन ।

कारोना एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने रोग हो । यसबाट बच्नको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्नुपर्दछ । यसबाट बच्न विभिन्न सावधानी अपनाउन सकिन्छ ।

नियमित साबुन पानीले हात धुने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, संक्रमित बिरामीको सम्पर्कबाट टाढै रहने, अनावश्यक भिडभाडमा नजाने गर्नाले पनि यसको सम्भावित संक्रमणबाट बच्न सकिन्छ ।

मास्क प्रयोग गर्दा यी कुराहरूमा ध्यान दिनुहाेस् । 

-मास्क लगाउँदा नाक, मुख र चिउँडो छोपिने गरी लगाउने, याद राखौं मास्क अनुहारमा फिट भएको हुनुपर्छ

-मास्क खोल्दा सँधै तलतिरबाट मात्र खोल्ने

-मास्क भिजेपछि वा प्रत्येक ६ घण्टामा परिवर्तन गर्ने

-मास्क लगाइसकेपछि बारबार मास्क नछुने वा निकाल्दा बाहिरी सहतमा नछोइकन निकाल्ने

-मास्कलाई घाटीमा नझुण्ड्याउने

-‘डिस्पोजल मास्क’ एक पटक मात्रै प्रयोग गर्ने, प्रयोग गरिसकेपछि डस्टबिनमा फाल्ने

-मास्क हटाइसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने