टमाटर खानुका पाँच फाइदा

टमाटर खानुका पाँच फाइदा

हामी प्रायः टमाटरलाई तरकारीमा प्रयोग गरेर खाने गर्छौं । सायद धेरैलाई यो केवल स्वादका लागि मात्र प्रयोग गरिन्छ भन्ने लाग्छ होला तर यसका अन्य धेरै फाइदाहरु पनि छन् । टमाटरमा विभिन्न प्रकारका पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगहरुसँग लड्न मद्दत गर्दछ । यसका केही फाइदाहरु निम्न छन्ः

आँखा तेजिलो पार्छः

टमाटरमा प्रशस्त मात्रामा भिटामिन ए पाइने हुँदा यसले मानिसको आँखालाई तेजिलो पार्न मद्दत गर्छ । यसले रतअन्धोबाट पनि बचाउँछ ।

क्यान्सरसँग लड्न मद्दत गर्छः

विभिन्न अध्ययनका अनुसार टमाटरमा ल्याकोपेन नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरीरमा क्यानसरको मात्रा लाई नियन्त्रण गर्न, विशेष गरेर फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर, मद्दत गर्छ ।

रगतलाई स्वस्थ राख्छः

एउटा टमाटरले ४० प्रतिशत सम्म भिटामिन सि दिनसक्छ । यसमा भिटामिन ए, पोटासियम र आइरन पनि पाइन्छ जसले रगतलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा पाइने भिटामिन केले काटेको बेला रगत रोक्न र रक्तसंचारलाई सही राख्न पनि मद्दत गर्छ ।

मुटुको रोगबाट बचाउँछः

यसमा पाइने ल्याकोपेनले मुटुका रोगहरुसँग लड्न पनि मद्दत गर्छ । टमाटार खाँदा रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न र रक्तनलीमा बोसोको मात्रा नियन्त्रण गर्न पनि मद्दत गर्दछ ।

पाचनप्रक्रिया राम्रो हुन्छः

टमाटारले कब्जियत र पखाला दुवैलाई नियन्त्रण गर्न मद्दत गर्छ र मानिसको पाचनप्रक्रियालाई स्वस्थ राख्छ । यसले जन्डिसको मात्रालाई घटाउन पनि मद्दत गर्छ ।