कोरोना संक्रमित अक्षय अस्पताल भर्ना

कोरोना संक्रमित अक्षय अस्पताल भर्ना

बलिउड अभिनेता अक्षय कुमार हालका दिनमा कोरोना संक्रमित भएका छन् । उनले हिजो आइतबार आफूलाई कोरोना संक्रमण भएको खुलाएका हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अक्षयको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई आइतबार बेलुका अस्पताल भर्ना गरिएको हो ।

उनलाई मुम्बईको पवईस्थित हिरानन्दानी अस्पतालमा भर्ना गरिएको छ । अक्षय हालै मात्र फिल्म ‘रामसेतु’को सुटिङमा व्यस्त थिए । यो फिल्ममा उनीसँगै अभिनेत्री ज्याकुलिन फर्नान्डिज र नुसरत भरुचाको प्रमुख भूमिकामा अभिनय रहेको छ ।