५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी

५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी

विश्वका ५३ करोड ३० लाख जना फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी भएको छ। ह्याकरहरुले उक्त विवरण फेसबुकबाट ह्याक गरी आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्। 

चोरी गरी सार्वजनिक गरिएका व्यक्तिगत विवरणमा फोन नम्बर, पूरा नाम, ठेगाना, इमेल र अन्य व्यक्तिगत विवरण रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। ह्याकरहरुले आइतबार ती विवरण सार्वजनिक गरेका हुन्। 

फेसबुकले भने ह्याकरले पुरानो विवरणहरु सार्वजनक गरेको जनाएको छ जुन सन् २०१९ मा ह्याक गरिएको थियो। उक्त समस्या समाधान गरिसकिएको फेसबुकले जनाएको छ।