नेपालमा फेरि ह्‍वात्तै बढ्यो कोरोना, सोमबार भेटिए २६६ नयाँ संक्रमित, ४ को मृत्यु

नेपालमा फेरि ह्‍वात्तै बढ्यो कोरोना, सोमबार भेटिए २६६ नयाँ संक्रमित, ४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

१ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका छन् ।