सरकारले भन्यो : जेठ असारसम्ममा कोरोनाको संक्रमण उच्च विन्दुमा पुग्‍नसक्छ

सरकारले भन्यो : जेठ असारसम्ममा कोरोनाको संक्रमण उच्च विन्दुमा पुग्‍नसक्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले आगामी जेठ/असारसम्ममा कोरोना फेरि उच्च बिन्दुमा पुग्नसक्ने बताएका छन्। 

आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, 'कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण भूमिका खेलेको छ। कोरोनाको खोप आइसकेपछि सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ।' जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसकिए जेठ असारसम्म फेरि उच्च बिन्दुमा पुग्नसक्ने उनले आँकलन गरेका छन्।

'यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो। भारतमा कोरोनाको जोखिम बढिरहेको छ। हामीले बेलैमा सचेतना अपनाउन सकेनौँ भने फेरि कोरोनाको जोखिम अझै बढ्नसक्छ' उनले भने, 'त्यसैले हामीले बेलेमा सचेतना अपनाऔँ।'