सुदूरपश्चिममा सोमबार थप ५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा सोमबार थप ५ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा थप ५ जनामा कोरोना  पुष्टि भएको छ । सोमबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ३६ नमूना परीक्षण गर्दा ५  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार धनगढीका ४ जना र  बैतडीको पुर्चौडी ७ का एकजनामा कोरोना संक्रमण देखिएको जनाएको छ । अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको छ ।