कैलालीको अत्तरियामा ट्रकमा कार ठोकिदा एक जनाको मृत्यु, एक घाइते

धनगढी खबर    

कैलालीको अत्तरियामा ट्रकमा कार ठोकिदा एक जनाको मृत्यु, एक घाइते

कैलाली | कैलालीमा रोकिएको ट्रकमा कार ठोकिदाँ एकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया पानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिदाँ २५ वर्षीया किशोरीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

कार र ट्रक ठोक्किदा कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमितिका ३५ वर्षिय नरेन्द्र कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। किशोरीको भने पहिचान खुलेको छैन्।



मङ्गलबार २४, चैत २०७७ ०९:५९ मा प्रकाशित

#दुर्घटना

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस