अनेरास्ववियूका तीन नेतालाई कारबाही

अनेरास्ववियूका तीन नेतालाई कारबाही

एमाले नेता माधव नेपाल पक्षको अनेरास्ववियूको नेतृत्वमा रहेका तीन जनालाई पार्टी अध्यक्ष केपी ओली पक्षले कारबाही गरेको छ । ओली निकटबाट अनेरास्ववियुको नेतृत्व गरेका ऐन महरले तीन जनालाई संगठनबाट निष्कासन गरेका हुन्।

सुदेश पराजुली,वसिम आलम र आरती लामालाई निष्कासन गरिएको हो। पराजुली समानान्तर कमिटीबाट अध्यक्ष बनेका थिए। आलम उपाध्यक्ष र लामा महासचिव बनेका थिए।

चैत १० मा माधव नेपाललाई प्रमुख अतिथि बनाएर समानान्तर कमिटी बनाइएको थियो। चैत १५ मा ओली पक्षीय अनेरास्ववियुको बैठकले संगठनको समानान्तर कमिटी गठन गरेको ठहर गरेको थियो।

तीन दिन भित्र स्पष्टीकरण पठाउन समानान्तर कमिटीका तीन विद्यार्थी नेतालाई पत्र पठाइएको थियो। संगठनको निर्देशनलाई अटेर र अपमान गरि स्पष्टिकरण नदिएकोले संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महरले विज्ञप्ति मार्फत जनाएका छन्।