कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिनु भएको हाे ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाउनु भएको हो ।

राजिनामा दिनु अघि मन्त्रीपरिषद् बैठक बसेकाे थियाे ।एमाले संसदीय दलको बैठक आज बस्दैछ । कर्णाली प्रदेशमा ४० सांसद छन् । सरकार बनाउन २१ जना सांसदको समर्थन चाहिन्छ ।

प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद छन् ।