नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिए, ११३ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिए, ११३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा २६० कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएका २६० संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ । त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ९४ हजार ६७ पीसीआर परीक्षण भएका छन् ।