पत्रकार महासंघको मतदान शुरु

पत्रकार महासंघको मतदान शुरु

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि मुलुकका ७७ वटै जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ ।

आगामी तीन वर्षको लागि चुनिने नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ । 

अन्यत्रझैँ रसुवा सदरमुकाम धुन्चेमा पनि मतदानको तयारी हुँदैछ । जम्मा ४६ जना मतदाता रहेको रसुवामा बढीमा ३५ मत खस्ने अनुमान गरिएको छ । महासंघको रसुवा जिल्ला शाखाको नेतृत्व भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेको छ ।

मुलुकभर १३ हजारको संख्यामा रहेका पत्रकारहरू मतदानमा सहभागी हुँदैछन् । मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाइएको छ ।